वीरेन्द्रनगरमा देउवा समूहको भेला, पूर्णबहादुरद्वारा नेताहरूलाई राजनीतिक ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहको भेला वीरेन्द्रनगरमा सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा भेला सुरु भएको हो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशको आयोजनामा ‘नेपाली कांग्रेस : बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठी आयोजना गरिएको छ । गोष्ठी भोलिसम्म सञ्चालन हुने जनाइएको छ ।

भेलामा खड्काले पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीभित्र देखिएका आन्तरिक विवादबारे नेताहरूलाई ब्रिफिङ गरिरहेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसहित कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान तथा पूर्व पदाधिकारी, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, संघीय सांसद, प्रदेश सांसद तथा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी छन् ।

संस्थापन पक्षलाई काउन्टर दिने उद्देश्यसहित देउवा पक्षले प्रदेशस्तरीय भेला सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार