हर्क साम्पाङले कुलमान घिसिङलाई दिए पार्टी एकताको निमन्त्रणा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा दिएका छन्।

राईले बुधबार कुलमानलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गर्दै निमन्त्रणा पठाएको जानकारी दिएका हुन्। उक्त विषय उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

फेसबुकमा उनले राजनीतिक सहकार्य र एकताको आवश्यकता औंल्याउँदै लेखेका छन्, “केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने? यस्तो नि हुन्छ? मिल्नुपर्छ भनेर मैले हिजो निम्तो पठाएको हुँ।”

साम्पाङको उक्त अभिव्यक्तिपछि दुई नेताबीच सम्भावित राजनीतिक सहकार्य र पार्टी एकताको विषय चर्चामा आएको छ।

प्रतिक्रिया

ताजा समाचार