सरकारको बजेट अनुमोदनका लागि आज मन्त्रिपरिषद् बैठक बस्दै, ४ बजे संसद्मा बजेट पेश हुँदै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अन्तिम स्वीकृतिका लागि सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। अर्थ मन्त्रालयका अनुसार बैठक दिउँसो २ः३० बजे बस्नेछ र संसद्मा प्रस्तुत गरिने बजेट अनुमोदन गर्ने कार्यसूची रहेको छ।

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि दिउँसो ४ बजे सिंहदरबारमा बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको झण्डै दुईतिहाइ बहुमतसहितको रास्वपा नेतृत्वको सरकारले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेको हो। सरकारले आर्थिक सुधार, विकास निर्माण, रोजगारी विस्तार तथा लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ।

संसद्मा पेश गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट अनुमोदन गर्ने अभ्यासअनुसार आजको बैठकलाई सरकारका लागि महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

ताजा समाचार