
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। उनलाई आज ललितपुरस्थित मेडिसिटी अस्पताल मा भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
आचार्यका अनुसार प्रचण्डलाई पछिल्ला तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरोको समस्या थियो। थप स्वास्थ्य परीक्षणका क्रममा निमोनिया तथा रगतमा संक्रमण देखिएपछि आज अस्पताल भर्ना गरिएको हो।
उनले निमोनियाको उपचार अस्पतालमै बसेर गर्दा प्रभावकारी हुने चिकित्सकहरूको सुझावअनुसार भर्ना गरिएको बताए। हाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको पनि आचार्यले जानकारी दिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित