प्रधानमन्त्रीको संसद उपस्थितिलाई स्वागत, तर प्रश्नोत्तर कार्यक्रम छुट्टै हुनुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भई सांसदहरूको प्रश्नको सामना गर्न तयार भएको कदमलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

संसदमा बोल्दै केसीले विकसित मुलुकहरूमा समेत प्रधानमन्त्रीले संसदमा उपस्थित भएर प्रत्यक्ष रूपमा प्रश्नको जवाफ दिने अभ्यास रहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीको उपस्थितिलाई स्वागतयोग्य कदमका रूपमा व्याख्या गरे।

“विकसित देशहरूमा पनि यस्तो अभ्यास छ। प्रधानमन्त्री संसदमा उपस्थित भएर प्रश्नको सामना गर्न तयार हुनुभएकोमा म स्वागत गर्छु,” उनले भने।

तर, उनले संसदीय नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम छुट्टै रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे। संसदको नियमित कार्यसूचीभित्र प्रश्नोत्तर कार्यक्रम समावेश गर्नु भन्दा नियमावलीअनुसार अलग्गै समय निर्धारण गरी सञ्चालन गर्नुपर्ने उनको माग थियो।

प्रतिक्रिया

ताजा समाचार