
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलन सम्बन्धमा तयार पारेको प्रतिवेदन सरकारले अध्ययन गर्ने बताएका छन्। साथै, विभिन्न समयमा तयार भएका अन्य अध्ययन तथा छानबिन प्रतिवेदनहरू पनि एकमुष्ट रूपमा समीक्षा गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताए।
संसद् बैठकमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकार सबै प्रतिवेदनप्रति गम्भीर रहेको उल्लेख गरे।
उनले मानवअधिकार आयोगको प्रतिवेदनसहित विगतमा विभिन्न निकायबाट तयार पारिएका अध्ययन प्रतिवेदनहरूको समग्र मूल्यांकन गरी आवश्यक निर्णय र कारबाही गरिने स्पष्ट पारे।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित