‘भारतले मात्र होइन, नेपालले पनि भारतको केही जग्गा मिचेको रहेछ’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय मात्र नभई नेपालतर्फबाट पनि भारतको भूमि सम्बन्धी केही विवादित विषय रहेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयहरूलाई आपसी संवादमार्फत समाधान गर्नुपर्ने बताएका हुन्।

“तपाईंहरूलाई सुन्दा अचम्म लाग्न सक्छ, मैले पनि हालै यसबारे जानकारी पाएको हुँ,” प्रधानमन्त्री शाहले भने, “भारतले मात्र नभई नेपालले पनि भारतको केही जग्गा मिचेको रहेछ। हामी टेबल टकमा बसेर दुवै पक्षका सीमा सम्बन्धी विषयमा छलफल गर्नेछौं।”

यद्यपि, प्रधानमन्त्री शाहले नेपालले कुन–कुन क्षेत्रमा भारतको भूमि अतिक्रमण गरेको भन्नेबारे कुनै विवरण सार्वजनिक गरेनन्।

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई सीमा विवादसम्बन्धी बहसमा नयाँ कोणका रूपमा हेरिएको छ। नेपाल–भारत सीमा विवाद लामो समयदेखि कूटनीतिक र राजनीतिक चासोको विषय रहँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार