संसद्‌मा लफडा: तनावबीच प्रतिनिधिसभा बैठक पुनः सुरु, विपक्षीको नाराबाजी जारी

काठमाडौं । तनावपूर्ण अवस्थाबीच प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ। आइतबार राति १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सञ्चालनमा आएको हो।

बैठक सुरु हुँदा सभामुखको आसन वरिपरि मर्यादापालकहरू परिचालन गरिएको थियो। संसद् भवनभित्र विपक्षी दलका सांसदहरूले निरन्तर नाराबाजी गरिरहेका छन्।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा समावेश संशोधन प्रस्तावहरूबारे थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग विपक्षी दलहरूले गरेका छन्। उनीहरूले उक्त विषयमा असन्तुष्टि जनाउँदै सभामुखविरुद्ध समेत नाराबाजी गरेका छन्।

संसद्मा जारी अवरोधका कारण बैठकको कार्यसूची प्रभावित बनेको छ।

प्रतिक्रिया

ताजा समाचार