प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने विपक्षीको अडान

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भई माफी नमागेसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन हुन नदिने निर्णय गरेका छन्।

आज बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइप्रति स्पष्टीकरण दिनुका साथै माफी माग्नुपर्ने विपक्षी दलहरूको साझा धारणा रहेको जानकारी दिनुभयो।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएर माफी नमागेसम्म सदनको कारबाही अवरुद्ध पार्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार