रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे बालेन शाह

चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन काठमाडौं महानगरपालिकाका प्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चितवन पुगेका छन्।

उनी आइतबार बिहान बुद्ध एयरको विमानमार्फत भरतपुर पुगेका हुन्। भरतपुर विमानस्थलमा उत्रिँदा शाहले आफ्नी छोरीलाई काखमा बोकेका थिए भने उनकी पत्नी सविना काफ्ले पनि सँगै थिइन्।

विमानस्थलबाट उनी सिधै कालिका नगरपालिका–११ शक्तिखोरस्थित लटौली रिसोर्ट पुगेका छन्।

जिल्ला सुरक्षा स्रोतका अनुसार शाह महाधिवेशन उद्घाटन कार्यक्रमअघि केही समय लटौली रिसोर्टमा विश्राम गरेपछि उद्घाटनस्थलतर्फ जाने तयारीमा छन्।

रास्वपाको प्रथम महाधिवेशन आइतबार भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन हुँदैछ। महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम छ।

प्रतिक्रिया

ताजा समाचार