
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु हुन अझै दुई घण्टाभन्दा बढी समय लाग्ने भएको छ।
बन्द सत्रको अन्तिम समयसम्म पनि प्रतिनिधिको संख्या टुंगो लगाउन नसकिएकाले कार्यक्रम ढिलाइ भएको हो। बन्द सत्र बिहान ८:३० बजे सुरु गर्ने तालिका रहे पनि पाँच घण्टाभन्दा बढी समय बितिसक्दा समेत सुरु हुन सकेको छैन।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले प्रतिनिधिको संख्या यकिन गर्न बाँकी रहेकाले बन्द सत्र ढिला भएको जानकारी दिए। केही बेरअघि ४ हजार २ सय प्रतिनिधिको नामावली सार्वजनिक गरिएको भए पनि अझै केही नाम छुटेकाले थप विवरण संकलन गर्ने काम भइरहेको उनले बताए।
मधेश प्रदेशलगायत केही प्रदेशमा अधिवेशन ढिलो सम्पन्न भएको तथा प्रतिनिधिको विवरण समयमै नआएकाले संख्या टुंग्याउन समस्या भएको रास्वपाले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित