रास्वपा महाधिवेशनमा प्रतिनिधिको उत्साहजनक सहभागिता, संख्या ४५ सय पुग्ने

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधिहरूको सहभागिता अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ।

महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद तथा नेता मनिष झाले सुरुमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिए पनि हालसम्म ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको बताए।

उनका अनुसार प्रतिनिधिको सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने सम्भावना छ।

‘सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिएको थियो। तर अहिले ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेका छन् र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्छ,’ झाले भने।

उनले प्रवासबाट समेत अपेक्षाभन्दा धेरै प्रतिनिधि महाधिवेशनमा सहभागी भएको उल्लेख गरे। विदेशस्थित संगठनहरूबाट अनुमान गरिएकोभन्दा करिब चार गुणा बढी प्रतिनिधिको उपस्थिति रहेको उनको भनाइ छ।

रास्वपाले प्रतिनिधिको उच्च सहभागितालाई पार्टीप्रति बढ्दो आकर्षण र संगठन विस्तारको सकारात्मक संकेतका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार