प्रतिनिधि संख्या र चयन विवाद टुंगिन नसक्दा रास्वपाको बन्द सत्र स्थगित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत आजका लागि तय गरिएको बन्द सत्र स्थगित गरिएको छ।

महाधिवेशन प्रतिनिधिको संख्या यकिन गर्ने विषय तथा मधेश प्रदेशमा देखिएको प्रतिनिधि चयनसम्बन्धी विवादका कारण बन्द सत्र निर्धारित समयमा सुरु हुन नसकेको हो।

रास्वपाका एक स्रोतका अनुसार विवादित विषयहरूमा सहमति जुटाउन र आवश्यक व्यवस्थापन मिलाउन आजको बन्द सत्र स्थगित गरिएको हो। पार्टी नेतृत्वले प्रतिनिधिसम्बन्धी असन्तुष्टि र विवाद समाधान गरेपछि मात्र बन्द सत्र सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि कार्यक्रमस्थलमा पुगेका थिए। तर दिनभर प्रतीक्षा गर्दा पनि सत्र सुरु हुन नसकेपछि अन्ततः स्थगनको निर्णय गरिएको हो।

पार्टीभित्र देखिएका विवाद समाधानका लागि नेतृत्व तहमा छलफल जारी रहेको छ। सहमति जुटेपछि बन्द सत्रको नयाँ मिति वा समय सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार