
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र औपचारिक रूपमा सुरु भएको हो। हाल सभापति लामिछानेले बन्दसत्रलाई सम्बोधन गरिरहेका छन्।
महाधिवेशन हिजो बिहानबाट सुरु गर्ने तयारी भए पनि प्रतिनिधि संख्याबारे निर्णय हुन नसक्दा कार्यक्रम ढिलिएको थियो।
बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन तथा उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसका साथै अनुशासन आयोगको प्रतिवेदन र पार्टीको वित्तीय प्रतिवेदन पनि पेश गरिनेछ। बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित