
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी जारी गरेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही महत्त्वपूर्ण कुराहरू बुझ्नुपर्ने भएको भन्दै विभागले उनलाई बयानका लागि बोलाएको हो।
विभागले जारी गरेको उपस्थितिको म्याद पुर्जी मंगलबार बुढानीलकण्ठस्थित देउवाको निवासमा टाँस गरिसकिएको छ। तोकिएको ७ दिनको समयसीमाभित्र विभागमा स्वयं उपस्थित भई अनुसन्धान प्रक्रियामा सहयोग गर्न जयवीरलाई उक्त सूचनामार्फत निर्देशन दिइएको छ।
सम्पत्ति शुद्धीकरण विभागले यस अनुसन्धानको सिलसिलामा जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि यसअघि नै बोलाइसकेको छ। यद्यपि, देउवा दम्पतीले भने आगामी साउन मसान्तसम्ममा विभागमा उपस्थित हुने जानकारी गराएका छन्।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित