
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ।
वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका नेपालीको शुक्रबार बिहान ११:२० बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
नेपालीले बिहीबार राहदानी विभाग परिसरबाहिर आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर रूपमा जलेका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित