संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका छन्।

मंगलबार बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाह दिउँसो करिब पौने २ बजे संसद् भवन पुगेर बैठकमा सहभागी भका हुन्।

प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर सांसदहरूबीच चासो बढिरहेका बेला उनी बैठक चलिरहेकै समयमा सदनमा प्रवेश गरेका थिए।

राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सम्बोधन गरिरहेकै क्रममा प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने सदनमा प्रवेश गरेका थिए। सभामुख र बोलिरहेका सांसदको बीचबाट हिँडेर प्रवेश गरेको भन्दै नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले दुवैले संसदीय मर्यादा र नियम उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार