संविधान संशोधनको लागि रास्वपाको १८१ सीटमा राप्रपाको ५ सीट थप गरिदिनसक्छाैँ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनका विषयमा सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन्।

जापानमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शाहीले वंशजका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिलाई संविधान संशोधनमार्फत स्थायी नेपाली नागरिकको मान्यता दिने प्रस्ताव सरकारले ल्याए राप्रपाले समर्थन गर्ने बताए।

उनले राप्रपाका पाँच सांसद रहेको उल्लेख गर्दै यस्तो प्रस्ताव आए सरकारलाई आफ्नो पार्टीको साथ रहने बताए।

शाहीले विदेशमा रहेका नेपालीलाई केवल “नेपाल फर्कनुस्” भनेर मात्र नभई उनीहरूको समस्या समाधानका लागि ठोस नीति आवश्यक रहेको पनि बताए।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार पनि सहभागी थिए। उनले जापानमा रहेका नेपालीले भोगिरहेका समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सांसद सुनारले सरकारले आफ्नो जिम्मेवारी पूरा नगरे संसददेखि सडकसम्म लोकतान्त्रिक र कानुनी ढंगले खबरदारी गर्ने चेतावनी दिँदै विदेशमा रहेका नेपालीको भविष्यसँग खेलबाड हुने कुनै पनि कार्य स्वीकार्य नहुने बताए।

प्रतिक्रिया

ताजा समाचार