यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

काठमाडौं — बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णय सार्वजनिक गरेका हुन्।

उनका अनुसार मन्त्रिपरिषद्ले देहायका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ–

यस्तै, मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) छैटौं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

प्रतिक्रिया

ताजा समाचार