राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो।

बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा चुनौतीलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव रहने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

ताजा समाचार