समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशबाट निर्वाचित रास्वपा सांसदबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान ११ बजेदेखि जारी छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।

प्रतिक्रिया

ताजा समाचार