शेखरले अस्वीकार गरे कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँको बजेट अस्वीकार गरेका छन्।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवासको मर्मत तथा संरक्षणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको जनाउँदै शेखरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई साउन २० गते पत्र पठाएका हुन्।

पत्रमा उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्मघर संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेकोप्रति आभार व्यक्त गरेका छन्। तर निजी स्वामित्वमा रहेको निवासका लागि सरकारी बजेट लिन उचित नहुने आफ्नो धारणा पनि व्यक्त गरेका छन्।

विराटनगर महानगरपालिका–७ मा रहेको उक्त कोइराला निवास करिब एक शताब्दीअघि कृष्णप्रसाद कोइरालाले निर्माण गरेका थिए। जनजीवन (जेनजी) आन्दोलनका क्रममा उक्त निवासमा आगजनी भएको थियो, जसका कारण भवनमा क्षति पुगेको थियो।

प्रतिक्रिया

ताजा समाचार