राष्ट्रियसभा बैठक स्थगित, साउन २७ गते बस्ने

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ । अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ ।

संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गर्नुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार