
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले कटाक्ष गरेका छन्।
ढकालले एक कार्यक्रममा नेपालमा सिंह नभएको भन्दै ‘सिंहदरबार’ नाम उपयुक्त नभएको बताएका थिए। उनले सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने प्रस्ताव गरेका हुन्।
ढकालको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्। उनले ढकाललाई ‘उपबुज्रुक’ भन्दै उनको नामसमेत परिवर्तन गर्न सुझाव दिएका छन्।
श्रेष्ठले लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन उसको नाम चाहिँ हरि !? गोबर नाम राखे हुन्न ?’
ढकालको प्रस्ताव र श्रेष्ठको प्रतिक्रियाले सामाजिक सञ्जालमा राजनीतिक बहससमेत चर्किएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित