
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले सोमबार बिहान ११ बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरी दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
यसअघि प्रधानमन्त्री शाहले दुई छिमेकी मुलुकका राजदूतसँग सामूहिक रूपमा मात्र भेटवार्ता गर्ने र छुट्टाछुट्टै भेट नगर्ने नीति लिएका थिए। तर, यसपटक भने उनले भारत र चीनका राजदूतसँग अलग–अलग भेटवार्ता गर्न लागेका हुन्।
गत मार्च २७ मा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिएका शाहले पदभार ग्रहण गरेको करिब चार महिनापछि दुई छिमेकी मुलुकका राजदूतसँग पहिलोपटक छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन्।
यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित