
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो।
आइतबारदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए।
सबै विषयमा विस्तृत छलफल गर्नुपर्ने भएकाले बैठकलाई निरन्तरता दिन आज पुनः बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा सरकारको ऊर्जा नीतिलगायत विषयमा छलफल भइरहेको छ।
यसअघि आइतबारको बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव तथा एजेन्डा प्रस्तुत गर्नुभएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित