गठबन्धन फेरिएसँगै कोशी सरकारबाट बाहिरियो कांग्रेस

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि कांग्रेसबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीले राजीनामा दिएका हुन्।

एमाले र नेकपाबीच तीनबुँदे सहमति भएसँगै प्रदेशमा सत्ता गठबन्धन परिवर्तन भएपछि कांग्रेस सरकारबाट बाहिरिएको हो।

कोशी प्रदेशमा नेकपा (एमाले) ले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, खानेपानी तथा सिँचाइ र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको थियो।

त्यस्तै, भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य तथा पर्यटन र वन तथा वातावरण मन्त्रालय कांग्रेसको नेतृत्वमा थिए।

प्रतिक्रिया

ताजा समाचार