नेपाल आइपुगे देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। देउवा बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्।

देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि पत्नी आरजु राणा देउवासँगै कात्तिक १० गते सिंगापुर गएका थिए। उपचारपछि उनी थाइल्यान्ड हुँदै बिहीबार नेपाल फर्किएका हुन्।

प्रतिक्रिया

ताजा समाचार