गगनले गरे देउवालाई स्वागत, पार्टी एकताका लागि देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरेका छन्।

केन्द्रीय समिति बैठकको सुरुआत गर्दै सभापति थापाले देउवाको स्वास्थ्यलाभको कामनासहित स्वदेश फर्किएकोमा स्वागत गरेका हुन्।

बैठकमा थापाले भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’

करिब साढे पाँच महिनापछि बिहीबार देउवा स्वदेश फर्किएका हुन्। काठमाडौं ओर्लिएलगत्तै उनले वक्तव्य जारी गर्दै पार्टीभित्र देखिएको असहमति, विभाजन र निराशाको अन्त्य गर्दै एकताका लागि अघि बढ्न आह्वान गरेका छन्।

देउवाले पार्टीमा देखिएका असहमति र निराशालाई तत्काल सम्बोधन गर्दै मेलमिलाप र एकताको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार