
काठमाडौं। काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलाको उद्घाटन बिहान साढे ११ बजे नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।
साउन ३१ गतेसम्म चल्ने भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला रहनुभएको छ।कांग्रेसको नेतृत्व तथा आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले हालै पुनरवलोकनका लागि अनुमति दिएपछि यो समूह थप उत्साहित बनेको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित