
काठमाडौं । नयाँ पार्टी गठनका लागि सहमत भएका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच दुई महिनामै विभाजन भएको छ ।
राणा पक्षले आज ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेको छ भने प्रसाईंले छुट्टै पार्टी गठन गर्ने संकेत गरेका छन् ।
राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने सहमति भए पनि पार्टीको वरीयता र कार्यकारी अधिकार बाँडफाँटमा विवाद भएपछि सहमति टुटेको हो ।
प्रसाईं पक्षले पार्टी दर्ता केही दिन सार्न प्रस्ताव गरे पनि राणा पक्षले आजै दर्ता गर्ने अडान लिएपछि दुई समूह अलग भएका हुन् ।
प्रसाईंले फेसबुकमार्फत छिट्टै नयाँ पार्टी गठन गर्ने बताएका छन् । यता राणा पक्षले भने प्रसाईं समूहसँग संवाद जारी रहेको दाबी गरेको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित