धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन, चुनाव चिह्न त्रिभुज

काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको छ । शुक्रबार राणा पक्ष निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएको हो ।

पार्टीका नेता सगुन लावतीका अनुसार ७९ सदस्यीय केन्द्रीय समितिको सूचीसहित दल दर्ताका लागि निवेदन दिइएको छ ।

लावतीले भने, ‘धवलशमशेर सभापति र अरू सबै केन्द्रीय सदस्य हुने गरी पार्टी दर्ताको निवेदन दिएका छौं ।’

पार्टीको चुनाव चिह्न त्रिभुज प्रस्ताव गरिएको छ । विधानमा ४५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।

यसअघि अभियन्ता दुर्गा प्रसाईंसँग मिलेर नयाँ दल गठन गर्ने सहमति भएको थियो । तर दुई पक्षबीच सहमति जुट्न नसकेपछि राणा पक्षले छुट्टै दल दर्ताका लागि निवेदन दिएको हो ।

प्रतिक्रिया

ताजा समाचार