
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बोल्न उचित नहुने बताए।
उनले भने, “म विशेष महाधिवेशनको पक्षमा थिइनँ। मैले त्यसको आवश्यकता पनि देखिनँ। सर्वोच्च अदालतमा मुद्दा परेको छ। अदालतमा विचाराधीन विषय भएकाले धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ।”
देउवाले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता लोकतन्त्रका लागि अत्यन्त आवश्यक रहेको बताए।
सुदूरपश्चिमले आफूलाई धेरै सहयोग गरेको उल्लेख गर्दै उनले अझै केही काम गर्न बाँकी रहेको बताए। उनले भने, “म जहाँ भए पनि सुदूरपश्चिममा मेरा केही कामहरू बाँकी छन्। ती काम पूरा गर्न बाँकी छ। सुदूरपश्चिमका जनताले मलाई धेरै सहयोग गरेका छन्। उहाँहरूप्रति म आभारी छु।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित