देउवा पक्षको भेलामा उठेका प्रश्नको जवाफ दिँदै गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

करिब एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा थापाले आज आफ्नो धारणा राख्ने भएका हुन् । थापाले अपराह्न ४ बजे बैठकलाई सम्बोधन गर्ने जनाइएको छ ।

नेताहरूका अनुसार थापाले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफूमाथि उठाइएका प्रश्नको समेत जवाफ दिने तयारी गरेका छन् ।

हिजो एक कार्यक्रममा बोल्दै थापाले देउवा समूहको तीनदिने भेलाबारे आफूले पत्रकार सम्मेलन गरेर एक घण्टासम्म जवाफ दिने बताएका थिए ।

देउवा समूहको भेलालाई लक्षित गर्दै थापाले पछिल्लो तीन दिनमा आफ्नो सबैभन्दा बढी आलोचना भएको टिप्पणीसमेत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार