समर्थन फिर्ता लिन केन्द्रको निर्देशन, लुम्बिनी जसपा संसदीय दलको बैठक बस्दै

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा संसदीय दलको बैठक बसेर निर्णय गर्ने भएको छ ।

पार्टीको केन्द्रीय निर्देशनपछि आज संसदीय दलको बैठक बस्न लागेको हो । आज बिहान मात्रै जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले विज्ञप्ति जारी गर्दै चेतनारायण आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका थिए ।

तर, लुम्बिनीमा रहेको जसपाको संसदीय दल भने तत्काल सरकारबाट बाहिरिन नचाहेको देखिएको छ । प्रदेश सरकारमा मन्त्रीसमेत रहेका संसदीय दलका नेता सन्तोष पाण्डेले संसदीय दलको निर्णयपछि मात्रै सरकारमा रहने वा नरहने विषयमा निर्णय हुने बताएका छन् ।

‘सरकारबारे निर्णय संसदीय दलले गर्ने हो, केन्द्रले तोक्ने होइन,’ पाण्डेले भने ।

यता, पार्टीको निर्णयअनुसार प्रदेश सरकारको विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई केन्द्रबाट निर्देशन दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार