बागमती र लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, राप्रपा तटस्थ बस्ने

काठमाडौं । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै छन् ।

आज बस्ने प्रदेश सभा बैठकमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने तयारी गरेका छन् ।

दुवै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन लागिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बस्ने भएको छ । राप्रपाले दुवै प्रदेशका आफ्ना प्रदेश सभा सदस्यलाई तटस्थ बस्न निर्देशन दिएको छ ।

प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म आफ्ना प्रदेश सभा सदस्यलाई तटस्थ रहन राप्रपाले संसदीय दलका नेताहरूलाई निर्देशन दिएको हो ।

बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाका २६ र एमालेका २५ (उपसभामुखसहित) सांसद छन् । यस्तै, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । बागमतीमा बहुमतका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा गत फागुनमा भएको निर्वाचनमा उम्मेदवार बन्न चार सांसदले राजीनामा दिएपछि हाल ८३ जना सदस्य कायम छन् । हाल कायम सदस्य संख्याका आधारमा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ ।

लुम्बिनी प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् ।

प्रतिक्रिया

ताजा समाचार