काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण स्थगित भएको छ ।
उच्च स्रोतका अनुसार अगस्टको दोस्रो साता हुने भनिएको लामिछानेको चीन भ्रमण यसअघि एक महिना पछि सारिएको थियो । तर सेप्टेम्बरको दोस्रो साता पनि भ्रमण नहुने भएको स्रोतले जनाएको छ ।
लामिछानेको भ्रमण स्थगित भएपछि अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने तयारी भएको बताइएको छ । यद्यपि सांसदहरूको भ्रमणको मिति र कार्यक्रमबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
भारत भ्रमणपछि लामिछानेले चीन भ्रमण गर्ने तयारी गरिएको थियो । तर पछिल्लो निर्णयसँगै उनको चीन भ्रमणको नयाँ मिति तय भएको छैन ।
सरकारी स्रोतका अनुसार लामिछानेले आगामी दिनमा उपयुक्त समयमा चीन भ्रमण गर्ने सम्भावना भने कायमै छ । भ्रमणको नयाँ मिति भने पछि तय गरिने बताइएको छ ।
यसैबीच रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन् । भ्रमणका क्रममा भारतीय उच्च तहका अधिकारीसँग भेटवार्ता हुने बताइएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित