विश्वासकाे मतअघि नै राप्रपा बागमतीका तीन सांसद पदमुक्त

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले केन्द्रकाे निर्देशन विपरित बागमती प्रदेश सरकारमा सहभागी भएका तीन सांसदलाई साेमबार पदमुक्त गरेकाे छ। 

पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेश सभा सदस्यहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम पदमुक्त गरेको गरिएकाे अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

मुख्यमन्त्री किरण थापा मगरले आज राति साेमबार ८ बजे विश्वासकाे मत लिने कार्यसूची थियाे। तर विश्वासकाे मत लिनुअगावै राप्रपाबाट सरकारमा सहभागी भएका तीन सांसदलाई पदमुक्त गरिएकाे हाे। उनीहरूकाे पदमुक्त सम्बन्धी पत्र साेमबार बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईंलाई जानकारी गराइएको र सो पत्र प्रदेशसभा सचिवालयमा दर्ता समेत भएको छ।

उनीहरूकाे पदमुक्त सम्बन्धी पत्र साेमबार बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईंलाई जानकारी गराइएको र सो पत्र प्रदेशसभा सचिवालयमा दर्ता समेत भएको छ।

यसैबीच विश्वासकाे मत लिने कार्यसूचीसमेत परिवर्तन गरिएकाे छ । अब थापाले भाेली विश्वासकाे मत लिनु हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार