काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले दायर गरेको रिटमा सर्वोच्च अदालतले बिहीबारका लागि पेसी तोकेको छ।
देउवा र खड्काले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।
आधिकारिकता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्च अदालतले निस्सा दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने देउवा पक्षको तर्क छ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित