काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाहीको तयारी गर्दै २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारलाई समर्थन गरेको भन्दै सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेलवासे र भण्डारीलाल अहिरसँग स्पष्टीकरण मागिएको हो।
यसअघि उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएको भन्दै जसपाले पुनः स्पष्टीकरण मागेको जनाएको छ।
पार्टीले तीनै सांसदलाई ‘तपाईंहरूमाथि अनुशासनात्मक कारबाही किन नगर्ने?’ भन्दै २४ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित