काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया तथा अन्य गतिविधि रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशहरू मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासले दुवै रिटमाथि सुनुवाइ गर्दै निवेदकहरूले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो।
इजलासले रिट निवेदकहरूको मागअनुसार नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया तथा अन्य गतिविधि रोक्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित