नेकपा सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र उनीहरूका स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने भएका छन्।

नेकपा संसदीय दलले आफ्ना सबै सांसद र स्वकीय सचिवको १५ दिनको तलब राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।

निर्णयअनुसार सबै सांसद र स्वकीय सचिवलाई आफ्नो १५ दिनको तलब पार्टीको खातामा जम्मा गर्न भनिएको छ।

सांसदहरूको तलबसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको समेत रकम संकलन गरी एकमुष्ट रूपमा छिट्टै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने दुलालले बताए।

प्रतिक्रिया

ताजा समाचार