काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफू विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले सुरुमै भने, ‘विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु।’
भदौ १० गते बुधबार भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको थियो। बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्।
बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ।
यस्तै, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्। हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा सुरुमै ब्रिफिङ गरेका हुन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित