
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादमा मध्यमार्गी भूमिकामा रहेका डा. शेखर कोइराला एक्लिँदै गएका छन्।
पूर्वउपसभापति धनराज गुरुङसहित अधिकांश नेता सभापति गगन थापा पक्षमा खुलेपछि कोइराला दबाबमा परेका हुन्। देउवा समूहका नेताहरूलाई गगनले स्वागत गरेपछि कोइरालाले भने वार्तामार्फत समस्या समाधान गर्न अपिल गरेका छन्।
गुरुङसहित किरण यादव, चन्द्रमोहन यादव, कृष्णचन्द्र नेपाली, दीपक गिरी र रुक्मिणी कोइरालालगायत नेता महाधिवेशन प्रक्रियामा सहभागी हुने बताइएको छ।
यता शेखरनिकट बद्री पाण्डे, सञ्जय गौतम र सरिता प्रसाईँ भने तत्काल प्रक्रियामा सहभागी नहुने पक्षमा रहेको जनाइएको छ। लामो समय देउवानिकट रहेका विजयकुमार गच्छदार पनि संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित