
विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कविता कटुवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको हो।
‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ। आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ,’ एसपी कटुवालले भनिन्।
दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ।
एक कार्यक्रमका सिलसिलामा दाहाल मोरङ पुगेका थिए। उनलाई जहाजमार्फत काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटुवालले जानकारी दिइन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित