रास्वपाको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक जारी छ।

पार्टी मुख्यालय घण्टीघरमा बैठक बसिरहेको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ।

यस्तै, भोटेकोशीमा आएको बाढीबाट सिर्जित विपद्, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार