
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ।
एमाले केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो।
सचिवालय बैठकले गरेको उक्त प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ।
यसअघि २०८३ जेठ ३ गते बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो।
यसअघि नवीकरण गरिएको भण्डारीको पार्टी सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेका थिए।
भण्डारी यसअघि एमालेको उपाध्यक्षसमेत भइसकेकी छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित