एमाले स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत

काठमाडौं । नेकपा (एमाले) ले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।

आज बसेको एमाले सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो। अब उनीहरूको मनोनयन केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ।

त्यस्तै, आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्तावसमेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार