कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो तथा नारा सार्वजनिक गरेको हो।

महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस—अबको विकल्प’ भन्ने नारा तय गरेको छ।

महाधिवेशनको लोगोमा पार्टीका पूर्वसभापतिहरू बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मका तस्बिर समेटिएका छन्।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। त्यसअघि असोज १० गते प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

ताजा समाचार