विशिष्ट व्यक्तिको पक्राउलाई लिएर प्रचण्डको चेतावनी, ‘सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम जारी राखे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको भए त्यो सरकारकै लागि घातक हुने बताए ।

सुरक्षा थ्रेटको नाममा भइरहेको पक्राउ सामान्य मानिसले समेत बुझ्ने बहानाबाजी जस्तो देखिएको उनको भनाइ थियो । साँच्चिकै सुरक्षा थ्रेट भए पक्राउ गर्नुको सट्टा घरमै सुरक्षाकर्मी बढाउनुपर्ने उनले बताए ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले परिस्थितिअनुसार स्वाभाविक कुरा बोलेको भन्दै प्रचण्डले त्यसलाई लिएर अनावश्यक बढाइचढाइ गर्न आवश्यक नरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार